उखु पेलेर गुजारा

काठमाडौ (कञ्चनपुर), १९ चैत कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ सालघारीका ३० वर्षीय निमबहादुर चौधरी उखु पेल्नमै व्यस्त हुनुहुन्छ । गर्मीयाम सुरु भएसँगै फागुन दोस्रो सातायता चौधरीको दैनिकी उखु पेल्ने मेसिनसँगै बित्छ । भीमदत्त–४ महेन्द्रनगरमा निमबहादुरले उखु पेल्ने काम थालेर मनग्य आम्दानी गरिरहनुभएको छ । उखु पेलेरै उहाँले तीन सदस्यीय परिवारको घरखर्च चलाइरहनुभएको छ । “गर्मीयाम सुरु भएकाले…