काठमाडौं । आज आठौं निर्वाचन दिवस । २०१५ साल फागुन ७ गते नेपालमा आमनिर्वाचन प्रारम्भ भई वालिग नेपालीहरुको आफ्नो मताधिकार उपयोग गर्न पाएको महत्वपूर्ण दिनकोरुपमा स्मरण गरी ‘निर्वाचनको सफलता, निर्वाचन शिक्षाको ब्यापकता’ भन्ने नारासहित मनाइदैछ । दिवसको सन्दर्भमा प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले शुभकामना सन्देशमार्फत् निर्वाचनलाई जीवन पद्धतिकोरुपमा ग्रहण गर्न आग्रह गरेका छन् ।…