विराटनगर । नेपाल र भारतको अन्तरराष्ट्रिय सीमामा रहेका स्तम्भहरुको मर्मतसुरु गरिएको छ । कोशी प्रदेशका सीमामा रहेका स्तम्भहरु मर्मत गर्ने क्रममा झापाबाट सुरु गरिएको हो । सशस्त्र प्रहरीको प्राविधिक टोलीले सोमबार झापाको मेचीनगर नगरपालिका–७, सतिघट्टास्थित सीमा स्तम्भमा रङ्ग लगाएर मर्मत सुरु गरिएको हो । झापापछि मोरङ र सुनसरीका सीमामा राखिएका स्तम्भहरुको मर्मत गरिने जनाइएको छ…