काठमाडौँ। दशरथ रंगशालास्थित होल्डिङ सेन्टरमा हालसम्म २३ सुकुम्बासी परिवारको तथ्यांक संकलन गरिएको छ। उपत्यका विकास प्राधिकरणले रंगशालामा आइपुगेका परिवारहरूको विवरण संकलन गर्ने कार्यलाई तीव्रता दिएको जनाएको छ। काठमाडौँ उपत्यका विकास प्राधिकरणकी प्रशासन प्रमुख कविता केसी बोगटीले थापाथलीस्थित सुकुमवासी बस्ती हटाउने क्रममा वास्तविक सुकुमवासीहरूको पहिचान गरी अस्थायी व्यवस्थापन गरिएको बताएकी छन्। थापाथली र गैरीगाउँ क्षेत्रबाट विस्थापित…