बैतडीको डिलाशैनी गाउँपालिकाले आवश्यकता बाहेकका करार कर्मचारीलाई हटाउने भएको छ । आगामी साउन १ गतेपछि करारका कर्मचारीको करार अवधि नथप्ने निर्णय गरेको गाउँपालिका प्रवक्ता यज्ञराज भट्टले बताए । उनले भने,‘हामीले २०७८ चैतमा चुनावको मुखमा विना विज्ञापन नियुक्त गरिएका कर्मचारीहरू हटाउने निर्णय गरेका हौं । उनीहरूको ठाउँमा हाम्रा मान्छे राख्न हटाइएको होइन ।’ १७ असारमा बसेको…