काठमाडौं । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अबको दुईदेखि तीन सातामा अमेरिका इरान युद्धबाट बाहिरिने बताएका छन्। इरानी सत्ताले वर्षौँसम्म पनि परमाणुअस्त्र बनाउन नसक्ने सुनिश्चित भएपछि आफूहरू बाहिरिने ट्रम्पले जनाएका हुन्। राष्ट्रपतिको कार्यालय ओभल अफिसमा संवाददाताहरूसँग कुरा गर्दै ट्रम्पले इरानले सम्झौताका लागि हारगुहार गरिरहेकोू दाबी गरे। तर अमेरिकी कार्यतालिकानुसार अब त्यो असान्दर्भिक भइसकेको उनको भनाइ छ।…