कामु प्रधानन्यायाधीश कार्कीले बोलाए सर्वोच्चको फुलकोर्ट बैठक

न्यायालयमा विकसित पछिल्लो घटनाक्रमबारे छलफल गर्न कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीले आज सर्वोच्च अदालतको फुलकोर्ट बैठक आह्वान गरेका छन् । सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालले भने कामु प्रधानन्यायाधीशले फुलकोर्ट बैठक नभई अनौपचारिक बैठक आह्वान गरेको जानकारी दिए । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध संसद् सचिवालयमा महाअभियोग प्रस्ताव दर्ता भएसँगै जबरा स्वतःनिलम्वनमा परेपछि कायममुकायम भएपछि कार्कीले बैठक बोलाएका हुन्…