कानुनविपरीत अतिरिक्त शुल्क असुलेको विरोधमा आन्दोलनरत विद्यार्थीहरूको आइतबारको प्रदर्शनमा सुरक्षागार्डले हस्तक्षेप गर्दा विराटनगर कञ्चनबारीस्थित नोबेल मेडिकल अस्पताल तोडफोड भएको छ। प्रथम सेमिस्टरका विद्यार्थीहरूसँग असुल्न खोजेको अतिरिक्त शुल्कको विरोधमा आन्दोलनरत पाँच विद्यार्थी संगठनको प्रदर्शनमा अस्पतालका सुरक्षागार्डले बल प्रयोग गर्दै हस्तक्षेप गरेपछि विद्यार्थीले अस्पतालमा ढुंगा प्रहार गरेका हुन्। सुरक्षागार्डको कुटाइबाट प्रदर्शनमा सहभागी एकीकृत समाजवादी विद्यार्थी सगठनका केन्द्रीय…