नेपाल निजामति कर्मचारी सङ्गठन झापा शाखाको नवनिर्मित भवन आज पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्नुभएको छ । विसंं २०७० माघ ५ गते उहाँले नै उक्त भवन शिलान्यास गर्नुभएको थियो । सोह्र कोठाको दुईतले भवन निर्माणमा रु एक करोड ८८ लाख नौ हजार ५७० खर्च भएको सङ्गठनका अध्यक्ष लक्ष्मी गुरागाईँले बताउनुभयो ।…