नेपाली कांग्रेसका नवनिर्वाचित केन्द्रीय सदस्य जितजङ्ग बस्नेतले कांग्रेस समृद्ध नेपाल निर्माणको अभियानमा लाग्ने बताउनुभएको छ । नेपाल तरुण दलका अध्यक्षसमेत रहनुभएका बस्नेतको सम्मानमा आज तरुण दल केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा उहाँले पार्टीको १४औँ महाधिवेशनले पार्टीको भविष्य उज्ज्वल बनाएको बताउनुभयो । “कांग्रेस तीनै तहको निर्वाचनमा बहुमत ल्याएर समृद्ध नेपाल बनाउने अभियानमा लाग्नेछ,” उहाँले भन्नुभयो । कांग्रेसलाई…