गुणस्तरहीन काम गरेको भन्दै स्थानीयले लगाए सडक आयोजनामा ताला

राष्ट्रिय गौरवको आयोजना रानी, इटहरी, धरान हुँदै चीनको सिमाना किमाथाङ्का जोड्ने ६ लेन सडक आयोजनाको मुख्य कार्यालयमा स्थानीयले तालाबन्दी गरेका छन् । आयोजनाले गुणस्तरीय काम भन्दा छिटो काम सक्ने गरी गुणस्तरहीन काम गरेको भन्दै उनीहरुले इटहरीमा रहेको कार्यालयमा ताला गरेका हुन् । आयोजना अन्तर्गत पर्ने इटहरीको मुख्य चोकमा पानी निकासका लागि ठेकेदार कम्पनीले होमपाइप राखेर…