सांसदहरूले सबै प्रकारका हिंसा र विभेदविरुद्ध सांस्कृतिक अभियान सञ्चालन गर्नुपर्ने आवश्यकता औँल्याउनुभएको छ । तीसौँ अन्तर्राष्ट्रिय १६ दिने लैङ्गिक हिंसाविरुद्धको अभियान र ७३औँ अन्तर्राष्ट्रिय मानवअधिकार दिवसको सन्दर्भमा जागरण मिडिया सेन्टरले यहाँ आज आयोजना गरेको ‘महिला हिंसाको नीतिगत अवस्था र सांसदको भूमिका’ विषयक अन्तक्र्रियामा सांसदहरूले समाजमा व्याप्त सबै हिंसा र विभेदलाई प्रश्रय दिने संस्कृति र राजनीतिक…