२३ साउनमा लागूऔषध ओसारपसारको एउटा घटनाले प्रहरीलाई अचम्मित बनायो । साधरणतया लागूऔषध ओसारपसार गर्नेले जीउ वा अन्य कुनै ठाउँमा लुकाएर ल्याउँछ । तर, २३ साउनमा झापामा दुई महिलाले योनीभित्र लागूऔषध ल्याएका थिए । नेपाल(भारत सीमास्थित गौरीगञ्जबाट ४४ ग्राम ब्राउनसुगरसहित दमक-१ की २४ वर्षीया मञ्जु धिमाल र २५ वर्षीया विमला धिमाललाई प्रहरीले पक्राउ गरेको थियो ।…