इच्छाकामना गाउँपालिका–४ लेवाटारमा गाडीको ठक्करबाट एक पोथी चितुवा मरेको छ । मङ्गलवार दिउँसो अन्दाजी ३ बजे गाडीको ठक्करबाट करिब दुई महिनाको सो चितुवा मरेको डिभिजन वन कार्यालय चितवनका सूचना अधिकारी बालकृष्ण खनालले जानकारी दिनुभयो । आफूहरूलाई प्रहरीले खबर गरेसँगै मृत चितुवालाई डिभिजन वन कार्यालयमा ल्याई व्यवस्थापन गरिएको बताउनुभयो । माउसँग बाटो काट्ने क्रममा गाडीले ठक्कर…