कर्णाली नदीमा जिप खस्दा २ जना बेपत्ता भएका छन् भने ३ जनाको उद्धार गरिएको छ ।कैलालीको कर्णाली चिसापानी–सोल्टा सडक खण्डको बाकाबाट जिप कर्णाली नदीमा खसेको हो । जिपमा सवार चन्द्रप्रकाश जोशी र रुपी जोशी बेपत्ता भएको र १२ वर्षीया लक्ष्मी जोशी, ४ वर्षीया सावित्री जोशी र ३ वर्षीय भुवन जोशीको उद्धार गरिएको प्रहरीले जनाएको छ…