नेपाल प्रज्ञा–प्रतिष्ठानले राष्ट्रिय कविता महोत्सवमा पुरस्कृत कवितालाई एउटै कृतिमा प्रकाशन गर्ने भएको छ । प्रतिष्ठानले २०२२ सालदेखि कविता महोत्सव सञ्चालन गर्दै आइरहेको छ । विसं २०२२ देखि २०४६ सम्म पुरस्कृत कवितालाई ‘कविता महोत्सव ः पच्चीस वर्ष’ (२०४६) कृतिमा प्रकाशन गरिसकिएको छ । त्यसपछिका पुरस्कृत कवितालार्ई प्रा डा हेमनाथ पौडेल, डा देवी नेपाल र शशी लुमुम्बुको…