शनिबार १२०१ संक्रमित थपिए, संक्रमितको सख्या ५३ हजार नाघ्यो

पछिल्लो २४ घन्टामा नेपालमा कोरोना भाइरसका १२ सय १ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या ५३ हजार १ सय २० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा .जागेश्वर गौतमले जानकारी दिए । आजसम्म ३७ हजार ५ सय २४ जना संक्रमणमुक्त भएका छन् । आज ८५२ जना संक्रमणमुक्त भएको डा .गौतमले जानकारी दिए…