क्वारेन्टिनमा आयुर्वेदिक औषधि र योगाभ्यास

क्वारेन्टिनमा रहेकालाई जिल्ला आयुर्वेद स्वास्थ्य केन्दले नियमति योगाभ्यास गराउन थालेको छ । दिपायल सिलगढी नगरपालिकाका पाँच क्वारेन्टिनमा बसेका ८०० जनालाई सामाजिक दूरी कायम राख्दै दैनिक बिहान छ बजेदेखि योगाभ्यास सञ्चालन सिकाउन थालिएको हो । विभिन्न किसिमका मानसिक तनावबाट मुक्त गराउन योगाभ्यास थालिएको नगरप्रमुख मञ्जु मलासीले बताउनुभयो । उहाँले भन्नुभयो, “क्वारेन्टिनका नागरिक फुर्तिलो होऊन् र जोशजाँगर…