कर्णाली–रारा भ्रमण वर्ष उद्घाटनमा २९ लाख अनियमितता

काठमाडौं फागुन, २०– दैनिक एक हजार पर्यटक कर्णाली भित्र्याउने लक्ष्यका साथ कर्णाली प्रदेश सरकारले घोषणा गरेको ‘कर्णाली रारा पर्यटन वर्ष–२०७५’ को उद्घाटनमा लाखौ रुपैयाँ अनियमितता भएको देखिएको छ । कर्णाली प्रदेशसभाको सार्वजनिक लेखा समितिले उद्घाटन कार्यक्रममा २८ लाख ७२ हजार आठ सय ७३ रुपैयाँ अनियमितता भएको निष्कर्ष निकालेको हो । मन्त्रालयहरुले सार्वजनिक खरिद ऐन विपरित…