काठमाडौं । आज देशका पहाडी जिल्लामा फागु पूर्णिमाका अवसरमा होली पर्व हर्षोल्लासका साथ मनाइँदैछ । वसन्त ऋतुको आगमनसँगै मनाइने रङ्गहरूको यो पर्व धार्मिक, सांस्कृतिक तथा सामाजिक दृष्टिले महत्वपूर्ण मानिन्छ । परम्पराअनुसार काठमाडौंस्थित वसन्तपुर दरबार क्षेत्रमा चीर ठड्याएसँगै केही दिनअघि नै होली पर्वको औपचारिक सुरुवात भएको मानिन्छ । आज पूर्णिमाका दिन उपत्यकासहित देशका पहाडी जिल्लामा सार्वजनिक…