भौगोलिक दृष्टिले नेपाल सुन्दर भए पनि त्यति नै जोखिमपूर्ण छ : गृहमन्त्री अर्याल

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले नेपाल प्राकृतिक तथा मानवजनित विपद्का दृष्टिकोणले अति संवेदनशील मुलुक भएको बताएका छन् । उनले राष्ट्रिय विपद् जोखिम न्यूनीकरणसम्बन्धी चौथो राष्ट्रिय सम्मेलनमा सोमबार बोल्दै प्रत्येक वर्ष विपद्का कारण मुलुकमा ठूलो मात्रामा जनधनको क्षति हुने गरेको बताए । मन्त्री अर्यालले भौगोलिक दृष्टिले नेपाल सुन्दर भएपनि त्यति नै जोखिमपूर्ण पनि रहेको उल्लेख गरे…