उत्तराखण्ड घटनाः सय भन्दा बढी अझै बेपत्ता

काठमाडौं । भारतको उत्तरी पहाडी राज्य उत्तराखण्डको एक गाउँमा बादल फुटेको चार दिनपछि पनि एक सय भन्दा बढी व्यक्तिहरू अझै बेपत्ता रहेको स्थानीय स्रोतहरूले बताएका छन् । भग्नावशेषमुनि फसेकाहरूको खोजीलाई तिब्र बनाउन उन्नत उपकरणहरू हवाई मार्गबाट लैजाने प्रयास भइरहेको बताइएको छ । यद्यपि प्रत्येक दिन बित्दै जाँदा उनीहरूको जीवित नै रहने सम्भावना कम छ ।…