पर्यटक पथप्रदर्शकका समस्या सरकारले समाधान गर्छ : पर्यटनमन्त्री पाण्डे

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले पर्यटक पथप्रदर्शकका समस्या सरकारले समाधान गर्ने बताएका छन्। टुरिष्ट गाइड एशोसियशन नेपाल (टुर्गान)ले बिहिबार आयोजना गरेको ‘नवौँ राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’को शुभारम्भ गर्दै उनले पर्यटक पथप्रदर्शकका समस्यालाई प्राथमिकताका आधारमा समाधान गर्दै लगिने बताएका हुन्। ‘पर्यटक पथप्रदर्शकका तत्काल गर्नुपर्ने समस्या समाधान गर्ने र पछि समाधान गर्नुपर्ने विषयलाई…