काठमाडौं । नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले प्रतिपक्षदल माओवादी केन्द्रले आफ्नो माग यथावत नै राखेको बताएका छन् । सोमबार सिंहदरबारमा भएको प्रधानमन्त्रीसहित प्रमुख तीन दलका शीर्ष नेताको छलफलमा उनले छलफलमा प्रधानमन्त्री र गृहमन्त्रीले राजिनामा होईन, संसद खोलेर अगाडि बढ्नु पर्छ भन्ने कुरा राखेको भन्दै आफूहरुले राखेको विषय यथावत नै रहेको बताए । उनले…