पटक-पटक विद्युत कटौतीको समस्या समाधान गर्न सांसदहरूको माग

काठमाडौँ, ४ जेठ । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले समयसमयमा विद्युत् आपूर्ति बन्द हुनुका कारणबारे सरकारको ध्यानाकर्षण गराएका छन् । उनीहरूले विद्युत् आपूर्तिमा देखिएको समस्या तत्काल समाधान गरी नियमित आपूर्तिका लागि सरकारसँग माग गरे। बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी ((रास्वपा) का सांसद शिव नेपालीले भने, “अहिले घरघरमा अध्याँरो भइरहेको हुन्छ, बत्ती झ्यापझ्याप गइरहेको छ, यसका कारणबारे जानकारी…