काठमाडौं । सरकार र शिक्षक महासघंले धोका दिएको आरोप लगाउँदै विद्यालयका कर्मचारीले आन्दोलनको घोषणा गरेका छन्। महासंघ र सरकारबीचो सम्झौतामा आफूहरूको विषयलाई नजरअन्दाज गरिएको भन्दै विद्यालय कर्मचारी परिषद्ले शुक्रबार चरणबद्ध आन्दोलन घोषणा गरेको हो। परिषद्ले बबनकुमार मिश्रलाई आन्दोलन परिचालन कमिटीको संयोजक तोकेको छ। यसअघि एक महिना लामो शिक्षक महासंघ नेतृत्वको आन्दोलनमा विद्यालयका कर्मचारी पनि सहभागी…