शिक्षकहरूले दिए नयाँ बानेश्वरमा निषेधित क्षेत्रअगाडी धर्ना

काठमाडौँ । विद्यालय शिक्षा ऐन जारी गर्न माग राख्दै आन्दोलनरत शिक्षकहरुले नयाँ बानेश्वरमा धर्ना दिएका छन्। माइतीघरबाट प्रदर्शनसहित बानेश्वर पुगेर शिक्षकहरुले सडकमा धर्ना दिएका हुन्। नयाँ बानेश्वरको निषेधित क्षेत्रबाट अघि बढ्न प्रहरीले रोकेपछि उनीहरु सडकमा नै धर्ना दिएर बसेका हुन्। आफूहरुसँग भएका सहमतिका आधारमा यथाशिघ्र विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने भन्दै नेपाल शिक्षक महासंघले महासंघले…