राजावादीहरुको प्रदर्शनमा सहभागी नहुन सरकारको आग्रह

१९ चैत्र । सरकारका प्रवक्ता पृथ्बीसुब्बा गुरुङले राजावादीहरुको आन्दोलनमा सहभागी नहुन आम सर्वसाधारणलाई अपिल गरेका छन् । हिजो (सोमबार) बसेको मन्त्रिपरिषद् बैठकले गरेको निर्णय सार्वजनिक गर्ने क्रममा उनले यस्तो अपिल गरेका हुन् । ‘यस किसिमको अराजक गतिविधिहरूमा संलग्न नहुन आम नागरिकहरूमा नेपाल सरकार हार्दिक अपिल गर्दछ,’ गत शुक्रबार तीनकुनेमा घटेको घटनाबारे जानकारी गराउँदै उनले भने…