देशभर मनसुनी वायुको प्रभाव कायमै,केही दिन भारी बर्षाको छैन खतरा

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । हाल देशभर साधारणतया बदली रहेको छ । आज दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहने छ। सबै प्रदेशका केही स्थानहरूमा मेघगर्जन/चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । त्यस्तै आज राती देशभर साधारणतया बदली…