काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले नागढुङ्गा सुरुङ मार्ग निमार्णको क्रममा जोखिममा पर्ने घरहरुलाई क्षतीपूर्ती दिने बताएका छन् । बुधबार पूर्वाधार विकास समितिमा भएको नागढुङ्गा सुरुङ मार्ग र नागढुङ्गा–मुग्लिङ सडक खण्डबारे भएको छलफलमा उनले जोखिममा पर्ने घरहरुलाई मूल्यांकन गरेर घरको हकमा क्षतीपूर्ती दिने भन्दै जग्गाको विषयमा भने अलि विवाद भइरहेको बताए ।…