प्रधानमन्त्री ओलीले आइतबार विश्वासको मत लिने

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाबाट विश्वासको मत लिने भएका छन् । गत असार ३० गते प्रधानमन्त्रीमा नियुक्त भएका ओलीले असार ३१ गते शपथ ग्रहण गरेर पद सम्हालेका थिए । ‘प्रधानमन्त्रीज्यूले साउन ६ गते आइतबार विश्वासको मत लिने निर्णय भएको छ’, ओली निकट स्रोतले भन्यो, ‘त्यसका लागि प्रधानमन्त्रीका तर्फबाट संसद्का महासचिवलाई औपचारिक पत्र पठाइँदैछ…