काठमाडौं । प्रतिनिधि सभाका उपसभामुख इन्दिरा राना मित्रराष्ट्र चीनको सात दिने औपचारिक भ्रमण सम्पन्न गरी सोमबार स्वदेश फर्किएकी छिन् । उपसभामुख राना चीनको स्वशासित क्षेत्र तिब्बतमा आयोजित चौथो चाइना सिजाङ ट्रान्स–हिमालयन फोरममा भाग लिएर स्वदेश फर्किएकी हुन् । स्वदेश फर्केपछि उपसभामुख राणाले भ्रमण उपलब्धीमुलक भएको बताइन् । उनले तिब्बतमा पर्यावरण, कला तथा संस्कृतिको संरक्षण र…