प्रदेश सरकारको नीति तथा कार्यक्रमप्रति एमालेको समर्थन

काठमाडौं । (कैलाली), नेकपा एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलले सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१र८२ का लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रम सकारात्मक रहेको धारणा सार्वजनिक गरेको छ । संसदीय दलले आज धनगढीमा पत्रकार सम्मेलन गरी प्रदेश सरकारले आगामी आवका लागि ल्याएको नीति तथा कार्यक्रम विगतका वर्षको तुलनामा सकारात्मक धारणा सार्वजनिक गरेको हो ।…