वामपन्थी शक्तिहरूलाई विभाजित गरेर चीनविरुद्ध उभ्याउन खोजिँदैछः झलनाथ खनाल

काठमाडौं । नेकपा एकीकृत समाजवादी (नेकपा एस) का सम्मानित नेता झलनाथ खनालले अहिले कम्युनिष्ट पार्टीहरूलाई विभाजित गरेर मिल्नै नदिने गरी चीनविरुद्ध उभ्याउने षड्यन्त्र भइरहेको बताएका छन् । बुधबार ललितपुरमा जारी केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्दै खनालले अहिले देशका वामपन्थी शक्तिहरूलाई कमजोर पार्ने कार्य भैरहेको बताए । उनले भने, ‘वामपन्थी शक्तिहरूलाई कमजोर पार्ने अनि दक्षिणपन्थी शक्तिलाई…