काठमाडौं । वीर अस्पतालका निर्देशक डा. सन्तोष पौडेललाई राजीतिक रुपमा सक्रिय पाएर हटाईएको स्वास्थ्य मन्त्रालयले बताएको छ। यही आधारमा निर्वाचन आयोग र सतर्कता केन्द्रले कारबाही गर्न सिफारिस गरेपछि हटाइएको मन्त्रालयले दाबी गरेको छ। कार्यकाल १५ महिना बाँकी छँदै पौडेललाई बिहीबार बसेको मन्त्रीस्तरीय बैठकले निर्देशक पदबाट हटाएर मन्त्रालयमा तान्ने निर्णय गरेको थियो। मन्त्रीस्तरीय निर्णयपछि मन्त्रालयले डा.पौडेललाई…