काठमाडौं । सातै प्रदेशका गृहमन्त्रीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेका छन् । प्रदेश प्रहरी समायोजनको मागसहित प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटमा प्रदेशका गृहमन्त्रीहरुले सामूहिक रुपमा प्रदेश प्रहरी समायोजनबारे ध्यानाकर्षणपत्र बुझाएका हुन् । तेस्तै प्रदेश प्रहरी समायोजन प्रक्रिया छिटो टुंग्याउन उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई पनि सातै प्रदेशका आन्तरिक मामिला मन्त्रीहरूले ध्यानाकर्षण गराएका छन् ।…