सांसदहरूले उठाएका मागका विषयमा जवाफ दिन सरकारलाई सभामुखको रुलिङ

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल एमालेले उठाएका मागका विषयमा सदनमा जवाफ दिन सभामुखले सरकारलाई रुलिङ गरेका छन्।फागुन १८ गते बस्ने बैठकमा जवाफ दिन उनले सरकारका नाममा रुलिङ गरेका हुन्।यससँगै संसदको अवरोध हटेको छ। यसअघि एमालेका सांसदले विभिन्न विषयमा प्रधानमन्त्रीको जवाफ माग्दै सदनमा अवरोध गरेका थिए। यसपछि सभामुखले १५ मिनेटका लागि संसद बैठक स्थगन गरेका थिए।…