हामीले राज्यको चरित्र र जीवनपद्धतिको पुनसंरचना गर्न सकेनौँ : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले राज्यको प्रशासनिक पुनसंरचना सँगसँगै राज्यको चरित्र र जीवनपद्धतिको पुनसंरचना भने गर्न नसकिएको बताएका छन् । मंगलबार काठमाडौंमा आयोजित गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११औं विश्व सम्मेलनमा राष्ट्रपति पौडेलले सङ्क्रमणकाल लामो बन्दा मुलुकमा केही चुनौतीहरु देखा परेको बताए । पौडेलले भने, ‘राजनीतिक परिवर्तन पछि देश आर्थिक विकासको चरणमा प्रवेश गरेको छ…