एमाले कोशी प्रदेश अधिवेशनको तयारी पूरा, अध्यक्ष ओलीले उद्घाटन गर्ने

काठमाडौ, ११ असोज । नेकपा एमालेको कोशी प्रदेश प्रथम अधिवेशन भोलिदेखि प्रदेश राजधानी विराटनगरमा हुने भएको छ । अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको आयोजक समितिले जनाएको छ । अधिवेशन आयोजक मूल समितिले विराटनगरमा पत्रकार सम्मेलन गरी तयारीबारे जानकारी गराएको हो । पार्टीका प्रदेश कमिटी अध्यक्ष तुलसीप्रसाद न्यौपानेले मनोनीत बाहेकका प्रतिनिधि छनोटको कार्य पूरा भएको बताए…