‘जेल डायरी’ पढेर विपीलाई धेरै बुझ्न सकिन्छः महामन्त्री थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले ‘जेल डायरी’ पढेर मात्र पनि विपी कोइरालालाई बुझ्न सकिने बताएका छन् । शनिबार काठमाडौंमा विश्वेश्वरप्रसाद कोइरालाको ‘जेल डायरी’ पुस्तक लोकार्पण समारोहमा बोल्दै उनले यस्तो बताएका हुन् । विपीले लेख्ने कथा र संस्मरणहरुमा धेरैजसो दुःख, पीडाका कुराहरु हुने भन्दै विपी कोइरालालाई उक्त डायरीका आधारमा पनि धेरै बुझ्न सकिने थापाले…