काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले, प्रतिनिधि सभाको अवरोध खोल्ने विषयमा आज भएको छलफल सकरात्मक भएको बताएका छन् । आईतबार आफैले बोलाएको प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दलहरुको बैठकबाट बाहिरीदैं गर्दा सञ्चारकर्मीहरुलाई छोटो प्रतिक्रिया दिँदै उनले छलफल सकरात्मक भएको र अब भोलिको बैठकमा सहमति जुट्ने विश्वास व्यक्त गरे । प्रमुख प्रतिपक्ष दलको नेता केपी शर्मा ओली…