एमालेको पुनः अबरोधपछि संसद बैठक सोमबार बस्ने गरि स्थगित

२३ साउन, काठमाडौं । सरकारबाट उच्चस्तरीय छानबिन समिति गठनको प्रतिबद्धता नआएको भन्दै नेकपा एमालेले मंगलबार पनि प्रतिनिधिसभा बैठक अवरुद्ध गरेको छ । मंगलबार बसेको बैठकमा सुन तस्करी प्रकरणमा गृहमन्त्रीले जवाफ दिने क्रममा उच्चस्तरीय छानबिन समिति गठनको प्रतिबद्धता नआएको भन्दै एमालेले सदन अवरुद्ध गरेको हो । मंगलबारको बैठकमा सबै दलका प्रतिनिधिहरुले धारणा राखेपछि उपप्रधान एवं गृहमन्त्री…