काठमाडौं,२४ साउन । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अडानका कारण लगातारुपमा सदन अवरुद्ध भएपछि शीर्ष नेताहरु पुनः छलफलमा जुट्ने भएका छन् । नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रका शीर्ष नेताहरु बालुवाटारस्थित प्रधानमन्त्री निवासमा छलफलका लागि बस्न लागेका हुन् । बैठकमा प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका…