काठमाडौं। नेकपा एमालेका उपाध्यक्ष तथा संविधान सभाका अध्यक्ष सुवास नेम्वाङको अन्त्येष्टि गरिएको छ । बिहीबार बिहान ११ बजे पशुपति आर्यघाटमा राजकीय सम्मानका साथ उनको अन्त्येष्टि गरिएको हो। मंगलबार बिहान हृदयघातका कारण निधन भएका नेम्वाङको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि आज दिउँसो १ बजेसम्म पार्टी कार्यालयमा राखिएको थियो। त्यसपछि उनको पार्थिव शरीर बालुवाटारस्थित निजी निवासमा राखिएको थियो।…