अनलाइनबाटै राप्रपाको सदस्य बन्न सकिने, एक वर्षमा २ लाख सक्रिय सदस्य बनाउने

काठमाडौं, २८ असार । राप्रपाले आफ्नो पार्टीको सक्रिय सदस्य बन्न अनलाइनबाटै आवेदन दिन सकिने जनाएको छ ।  गत १ देखि ३ जेठसम्म चलेको पार्टीको केन्द्रीय कार्य समितिको बैठकले संशोधनसहित पारित राजनीतिक कार्यपत्रअनुसार विभिन्न समयमा बसेको कार्य सम्पादन समिति तथा पदाधिकारीहरूको बैठकले तयार गरेको ‘राप्रपा ः अब नवीन राप्रपा कार्ययोजना २०८०’अन्तर्गत केही मूलभूत बुँदाहरू सार्वजनिक गर्दै…