काठमाडौँ, ६ वैशाख । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना नेतृत्वको आठ सदस्यीय संसदीय प्रतिनिधिमण्डल आज रुस प्रस्थान गरेको छ । रुसको उपल्लो सदन फेडरेसन काउन्सिल अफ फेडेरेल एसेम्बली अफ रसियाका अध्यक्ष भ्यालेन्टिना मत्भिएन्कोको निमन्त्रणामा अध्यक्ष तिमिल्सिनासहितको टोली औपचारिक भ्रमणका क्रममा रुस प्रस्थान गरेको हो । टोलीमा राष्ट्रियसभाका सदस्य वामदेव गौतम, रमेशजङ्ग रायमाझी, दिलकुमारी रावल थापा ‘पार्वती’,…