काठमाडौं ,२५ असार । राष्ट्रियसभाको बैठक आज नबस्ने भएको छ । आज बिहान ११ बजेर १ मिनेटमा बस्ने गरी बैठक तय गरिएको थियो । विशेष कारणवश बैठकको समय सारिएको राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाका प्रेस सल्लाहकार दुर्गाप्रसाद शर्माले जानकारी दिए ।उनका अनुसार भोलि (मंगलबार) बिहान ११ बजेर १ मिनेटमा बस्ने गरी बैठकको समय तय गरिएको छ…