कोशी प्रदेशको मुख्यमन्त्रीमा उद्धव थापाको नियुक्तिविरुद्ध सर्वाेच्चमा रिट दर्ता

काठमाडौं, २२ असार । कोशी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेसका उद्धव थापाको नियुक्तिविरुद्ध सर्वाेच्च अदालतमा रिट दर्ता भएको छ ।  कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाको समर्थनमा कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले थापालाई बिहीबार मुख्यमन्त्रीमा नियुक्त गर्दै शुक्रबार पद तथा गोपनीयताको शपथ गराएका छन् ।  तर, थापाको मुख्यमन्त्रीमा नियुक्तिको विषय सर्वाेच्च अदालतमा पुगेको हो ।…