काठमाडौं, चैत ५ । पदीय हैसियत र मर्यादाविपरीत स्वतन्त्र प्रेसविरोधी धारणा व्यक्त गरेका कारण सभामुख देवराज घिमिरे विवादमा परेका छन् । सञ्चार क्षेत्रसम्बन्धी कानुनका विषयमा छलफल गर्न र बधाई ज्ञापन गर्न नेपाल पत्रकार महासंघका प्रतिनिधि सभामुख घिमिरेलाई भेट्न शुक्रबार उनको कार्यकक्षमा पुगेका थिए । ‘पत्रकारहरू बिक्रीमा छन्’, महासंघका प्रतिनिधिहरूसँगको भेटमा उनले भनेका थिए, ‘पीत पत्रकारिता…