प्रधानमन्त्री प्रचण्डले चैत ६ गते विश्वासको मत लिने

काठमाडौं, १ चैत्र । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विश्वासको मत लिने भएका छन् । प्रधानमन्त्री प्रचण्डले आगामी चैत्र ६ गते विश्वासको मत लिने तयारी रहेको बताइएको छ । विश्वासको मत पछि मात्रै मन्त्रिपरिषद् विस्तारको तयारीमा प्रधानमन्त्री प्रचण्ड रहेका छन् । गत फागुन १३ गते राप्रपाले समर्थन फिर्ता लिएर सरकारबाट बाहिरिएको थियो भने फागुन १५मा…